बुधबार, चैत्र २५, २०८२

हेटौडामा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन जापान निर्यात


कान्तिपथ


फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने नेपालमै बनेको मेसिन जापान निर्यात सुरु भएको छ । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गरेका हुन् ।

जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो । यहाँबाट उत्पादित मेसिन जापान निर्यात भइरहेको छ ।

कानुनी जटिलताका कारण नेपालमा भने मेसिन बिक्री गर्न समस्या भएको छ । विश्व बजारमा फोहोर चुनौतीका रुपमा देखिएका कारण फोहोरबाट नवीकरणीय उर्जा बनाउँदा फोहोर व्यवस्थापन सहज हुने जापानीज वैज्ञानिक मासामोरा यामाजीले बताए ।

यहाँ उत्पादित ३ वटा मेसिन ३ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मका जापान निर्यात भइसकेको यामातो इन्टरनेसनलका नेपाली सञ्चालक कृष्ण खतिवडाले बताए । मेसिनले फोहोरमा भएका टिन, फलाम लगायतका बस्तु छानेर अलग गरिदिन्छ ।

कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिंकर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत