भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले तेस्रोपटक चन्द्रमामा रकेट प्रक्षेपण गर्ने भएको छ। १४ जुलाईमा भारतको महत्वकांक्षी मिसन चन्द्रयान-३ प्रक्षेपण गर्न लागिएको हो।
यस मिसनको उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित अवतरण गर्नु रहेको छ। यसअघि सन् २०१९ मा भारतले चन्द्रयान-२ प्रक्षेपण गरेको थियो। तर चन्द्रमाको दक्षिणी ध्रुव छुनका लागि केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको थियो।
तर उक्त मिसन अपूरो भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष वैज्ञानिकहरूलाई सम्बोधन गर्दै चन्द्रयान मिसनबाट आफू खुसी भएको र भारतको ठूलो जित भएको बताएका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ