नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय माझ परिचीत गराउन मौलिक फिल्मस प्रालिको ब्यानरमा एपिक हाइटस:नेपाल अनावरण श्रब्य दृश्य छाँयाकन शुभारम्ब भएको छ।
आज एक कार्यक्रमा काठमाडौ स्थित होटेल शेर्पामा एपिक हाइटस:नेपाल अनावरण वृतचित्रको शुभ मुहर्त शुभारम्ब भएको हो। अस्ट्रेलियन निर्देशक हाम्जा वारियोको निर्देशनमा तयार हुने डकुमेन्ट्रीमा नेपालको कला साहित्य र पर्यावरणलाई प्रतिबिम्बमा उतार्ने निर्माण पक्षले जनाएको छ।
मौलिक फिल्मसको अध्यक्ष कुमार कार्कीका अनुसार काठमाडौ ,भक्तपुर ,नगरकोट ,पोखरा ,चितवन ,धौलागिरी लगाएत स्थानमा छाँयाकन गर्न लागेको बताए। धौलागिरी एडभेन्चरप्रालिको ब्यबस्थापनमा निर्माण हुने यस वृतचित्र सगरमाथा आरोही आङकामी शेर्पा र अस्ट्रेलियन नागरिक जिम लिमार्ट लगाएत टोली समाबेश हुने जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ