काठमाडौं । पछिल्लो एक दशकमा सूचना प्रविधिको क्षेत्रमा नेपाली समाज धेरै हदसम्म सु-सूचित र जानकार भइसकेको छ।
सञ्चार क्षेत्रमा आम जनताको पहुँच जबर्जस्त स्थापित हुन पुग्नु पनि यसको सकारात्मक पक्ष नै हो।
इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामान्यतया सामाजिक सञ्जाल भनिन्छ।
सञ्जालको प्रयोग गरी ठगी गर्ने घटना देशहरूमा बढी रहेको छ ।
खास गरी भाइबर, इमो, ह्वाट्सएप, फेसबुकमार्फत् ठगी गर्ने गिरोहले सर्वसाधारण जनतालाई ठगी गरेको समाचार सार्वजनिक हुने गरेको छ ।
प्रहरीले त्यसरी ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाही गरेको घटना पनि सार्वजनिक हुने गरेको छ ।
पछिल्लो पटक यस्तै गिरोहको चंगुलमा संघीय सांसद हसिना खातुन परेकीछिन् । ह्वाट्सएपमा फोन गरी विदेशबाट सामान आएको र भन्सारमा अड्किएकाले उक्त सामान छुटाउन पैसा चाहिने भन्दै सांसद खातुनसँग १ लाख रुपियाँ ठगी गरेपछि उनले प्रहरीमा उजुरी गरेकाे छ ।
सांसद खातुनलाई विदेशबाट पार्सल आएको र पार्सल छुटाउन पैसा लाग्ने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जनता समाजवादी पार्टीकी समानुपातिक सांसद रहनुभएकी खातुनलाई ठगी गर्ने गिरोहलाई प्रहरीले उनीहरूविरुद्ध ठगी मुद्दा चलाउने तयारी गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ