शुक्रबार, चैत्र २७, २०८२

विमानस्थलमा बम विष्फोट भएपछि..!


कान्तिपथ


काठमाडौं । जापानको एक विमानस्थलमा विश्वयुद्धको समयमा अमेरिकाले फ्याकेको बम विष्फोट भएको छ ।

बुधबार दक्षिण पश्चिम जापानको मियाजाकी विमानस्थलमा सो बम विष्फोट भएको हो ।

विष्फोटको समयमा आसपासमा कुनै विमान थिएन । ट्याक्सी हिँड्ने बाटोमा बम विष्फोट हुँदा खाल्डो बनेको छ ।

आत्मरक्षा बल र प्रहरीले गरेको अनुसन्धानपछि विष्फोट भएको बम ५०० पाउन्ड तौलको अमेरिकाले फ्याकेको बम भएको खुलासा सञ्चारमाध्यले जनाएका छन् ।

विष्फोटपछि अरु खतरा नभएको बताइएको छ । बम के भएर पड्कियो भन्ने खोजी भइरहेको छ । यो घटनापछि विमानस्थलबाट हुने ८० वटाभन्दा धेरै उडान रद्द गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत