शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • यौन दुर्व्यवहारको आरोप लागेका ट्रम्पका प्रस्तावित महान्यायाधिवक्ताको नाम फिर्ता

यौन दुर्व्यवहारको आरोप लागेका ट्रम्पका प्रस्तावित महान्यायाधिवक्ताको नाम फिर्ता


कान्तिपथ


अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले आफ्नो फिर्ता लिएका छन्। ट्रम्पले महान्यायाधिवक्ता छनोट गर्नासाथ कंग्रेसबाट राजीनामा दिएका गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव समेत त्यागेका हुन्।

गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव लत्याएसँगै सभामुख माइक जोनसनले उनको प्रसंशा गरेका छन्। उनले महान्यायाधिवक्ताबाट नाम फिर्ताको घोषणालगत्तै गेट्जको भविष्य उज्ज्वल रहेको बताएका छन् ।

जोनसनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म्याटसँग मैले ८ वर्ष नजिकबाट काम गरेको छुँ। उहाँ अमेरिकाको अग्रपंक्तिको लडाकु हुनुहुन्छ । न्याय विभागको बेथिति सुधारको गम्भीर आवश्यकता छ ।’

रिपब्लिकन प्यानलिष्टहरुले बुधबार गेट्जविरुद्धको छानविन प्रतिवेदन सार्वजनिक नगर्न मतदान गरेपछि डेमोक्र्याटहरुले रिपोर्ट बाहिर ल्याउन दबाब दिइरहेका छन्।

छानविन समितिले गेट्जमाथि यौन दुर्व्यवहार र अन्य अपराधको अनुसन्धान गरेको जिकिर गरेको छ भने त्यसका केही साक्षीहरुसँग पनि समितिले बयान लिएको थियो। बीबीसीबाट



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत