काठमाडौँको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ।
चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गाेली लागेकाे नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए।
आगलागीमा परेर मृत्यु भएका पत्रकार रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए। रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ।
तर एक्सरे गर्दा उनको शरीरमा गोली लागेको नपाइएपछि पोस्टमार्टम गरेर आज शव परिवारलाई बुझाउन लागिएको प्रहरीले जानकारी दिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ