बुधबार, फाल्गुन ६, २०८२

२५ करोड काण्डकाे डरलाग्दो खुलासा


गणेश विक


काठमाडौं । टोखा, झोरमा ट्रकबाट फेला परेको २५ करोड बराबरको डलर र युरो प्रकरणकाे रह्स्याेघाटन भएकाे छ ।

गत चैत ४ गते ट्रक नंं (ना७ख १६५२) बाट रकम लुकाएर चीनतर्फ लैजाँदै गर्दा चालक कुसान लामा पक्राउ परेका थिए ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका ट्रक चालक कुसान लामाले अनुसन्धानमा नयाँ खुलासा गरेका हुन् ।

लामाले प्रहरीलाई दिएको बयानअनुसार, उनले रकमको वास्तविक मालिकबारे सुरुमै नबुझेको बताए पनि पछि नारायण पौडेलकै निर्देशनमा रकम ओसारपसार गरेको थाहा पाएको बताएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पौडेलले विगत केही महिनादेखि ठूलो मात्रामा विदेशी मुद्रा कारोबार गरिरहेको पत्ता लागेकाे छ ।

बैंक र वित्तीय कारोबारमाथि छानबिन

नेपाल राष्ट्र बैंक र अन्य निकायको सहकार्यमा पौडेलका बैंक खाता, लेनदेन विवरण तथा सम्पत्ति स्रोतबारे छानबिन भइरहेको छ । प्रहरी स्रोतका अनुसार, पौडेलको खातामा संख्यात्मक रूपमा अस्वाभाविक रकम प्रवेश गरेको देखिएको छ ।

सिन्धुपाल्चोकको सम्पत्तिमाथि अनुसन्धान

पौडेलको स्थायी ठेगाना सिन्धुपाल्चोक भएकाले उनको गाउँमा रहेका सम्पत्तिबारे पनि अनुसन्धान सुरु गरिएको छ । प्रहरीले स्थानीय प्रशासनसँग समन्वय गरी उनको जग्गा-जमिन र व्यवसायबारे जानकारी लिइरहेको छ ।

यसअघि, प्रहरीले टोखा क्षेत्रमा पौडेलले प्रयोग गर्दै आएको गोदाममा समेत छापा मारेको थियो । प्रारम्भिक छानबिनमा ती गोदाममा केही कागजात फेला परेको बताइएको छ, जसले उनको विदेशी मुद्रा कारोबारसँग सम्बन्धित महत्त्वपूर्ण सुराक दिनसक्ने अनुमान गरिएको छ ।

प्रहरी स्रोतका अनुसार, पक्राउ परेका चालक लामालाई थप बयानका लागि अदालतबाट म्याद थपिएको छ भने पौडेललाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ ।

यस प्रकरणमा संलग्न अन्य व्यक्ति को-को हुनसक्छन् भन्नेबारे पनि प्रहरीले अनुसन्धान जारी राखेकाे छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत