बुधबार, फाल्गुन ६, २०८२

अबैध १० लाख रूपैयाँसहित एक जना पक्राउ


कान्तिपथ


रौतहट । रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत अबैध १० लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अबैध १० लाख नेपाली रूपैयाँसहित भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट उक्त उक्त रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले न्युज कारखाना लाई बताएका छन्।

मोटरसाईकल चालक भारतीय नागरिक ठाकुरलाई पक्राउ गरी रुपैयाँ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

एसपी घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको तस्करी तथा हुण्डी कारोबार नियन्त्रण अभियान निकै प्रभावकारी भएको स्थानीयहरूले बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत