बुधबार, फाल्गुन ६, २०८२

अनलाइन बेटिङ सञ्चालन गर्ने समूह पक्राउ


कान्तिपथ


जिल्ला प्रहरी परिसर काठमाडौंले गोप्य सूचनाको आधारमा अनलाइन बेटिङ सञ्चालन भइरहेको ठानिएको घरमा छापा मार्दा पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–४, पासिकोट गौरीपाखास्थित एक घरमा शुक्रबार दिउँसो गरिएको छापामा अनलाइन मार्फत बेटिङ खेल सञ्चालन गर्ने कार्य भइरहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरु:
• मोनिक तामाङ, २२ वर्ष, काभ्रेपलाञ्चोक दादागाउँ
• सरोज लोकान्द्री, २२ वर्ष, धरान रेल्वे
• अजय लामा, २२ वर्ष, काभ्रे तेमाल–०९
• उशन लामा, २२ वर्ष, कपन–११
• अर्लोक धामी, १८ वर्ष, महेन्द्रनगर

छापामा तलका सामग्रीहरू बरामद गरिएको छः
• ७ थान मोबाइल सेट
• ५ थान कम्प्युटर मोनिटर
• २ थान CPU
• १ थान ल्यापटप

काठमाडौं परिसरका प्रहरी निरिक्षक सत्रुधन महतोको कमाण्डमा भएको उत्त अपरेशनमा बरामद गरिएका सामान तथा पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको काठमाडौं प्रहरी प्रमुख बिश्व अधिकारीले जानकारी दिए।

साथै कार्लोस भन्ने ब्यक्त्तिले अमेरिकामा बसेर नेपालमा अनलाइन बेटिङ गराइएको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी समेत एसएसपी अधिकारीले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत