काठमाडौं, हालै काठमाडौंमा भएको Gen Z आन्दोलनको क्रममा टाउकोमा गोली लागी श्रीयम चौलागाईको ज्यान गएको छ। भिडको बिचमा हिंडिरहेको अवस्थामा कतै माथिबाट गोली प्रहार गरी टाउकोमा लागेको देखिने भिडियो समेत सार्वजनिक भएपछि घटनाले गम्भीर प्रश्न उठाएको छ।
१८ वर्षीय चौलागाई इटहरी जन्मिएका हुन् र हाल पेप्सीकोला बस्दै आएका थिए। उनी ग्लोबल कलेज अफ म्यानेजमेन्टका कक्षा १२ (म्यानेजमेन्ट)का विद्यार्थी थिए। उनका बुबा गणेश चौलागाई र आमा गंगा कार्कीले आफ्नो एक मात्र छोराको असामयिक मृत्युले परिवारमा ठूलो आघात परेको बताएका छन्। परिवारका अनुसार श्रीयम परिवारको एक्लो छोरा मात्र नभई भविष्यमा बुढेसकालको सहारा समेत थिए।
परिवार आफन्तले यो घटनाको निष्पक्ष र छिटो छानबिन गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनीहरूले आन्दोलनमा सहभागी निहत्था युवामाथि गोली चलाउनु निन्दनीय भएको र दोषी जो भए पनि कानुनी कठघरामा ल्याउनुपर्ने माग गरेका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ