बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • ‘जेनजी आन्दोलन’मा प्रहरी कार्यालय तोडफोड गर्ने ६ जना पक्राउ, लुटिएका सामान बरामद

‘जेनजी आन्दोलन’मा प्रहरी कार्यालय तोडफोड गर्ने ६ जना पक्राउ, लुटिएका सामान बरामद


कान्तिपथ


प्रहरीले गत भदौ २४ गते तिनकुनेमा भएको ‘जेनजी आन्दोलन’का क्रममा प्रहरी कार्यालयमा तोडफोड, लुटपाट तथा आगजनीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरी वृत्त, नयाँ बानेश्वरबाट लुटिएका केही सामानहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
भदौ २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको समूहले प्रहरी वृत्त नयाँ बानेश्वर, कोटेश्वर तथा नरेफाटमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो। सोही घटनामा संलग्नहरूको खोजी गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले बानेश्वर वृत्तबाट लुटिएको १ थान ग्यास सेल, १० थान मोबाइल फोन, ५ थान सवारी चालक अनुमतिपत्र, नागरिकता र स्पिकर साउन्ड बक्स लगायतका सामान बरामद गरेको छ। प्रहरीका अनुसार, पक्राउ परेका सबै जना काठमाडौं-३२, नरेफाट क्षेत्रमा बस्दै आएका विद्यार्थी हुन्।
पक्राउ पर्नेहरू:

  • अंशु कुमार गुप्ता, १९ वर्ष, रौतहट
  • देवराज राय (रवि), २८ वर्ष, सप्तरी
  • मुकेश शाह (अजय), १८ वर्ष, सर्लाही
  • अजय कुमार शाह (हिरो), १९ वर्ष, धनुषा
  • लक्किबावु जेस्वाल, २४ वर्ष, रौतहट
  • शैरव यादव (मोटे), १८ वर्ष, रौतहट

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत