बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • जलेको नोटको फरेन्सिक पुष्टि भएसँगै देउवा, प्रचण्ड र पूर्वमन्त्री खड्कामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु

जलेको नोटको फरेन्सिक पुष्टि भएसँगै देउवा, प्रचण्ड र पूर्वमन्त्री खड्कामाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु


कान्तिपथ


पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि सम्पत्ति शुद्धीकरण विभागले औपचारिक रूपमा छानबिन सुरु गरेको छ। उनीहरूको निवासबाट बरामद गरिएको जलेको नोट र खरानीको फरेन्सिक रिपोर्टले उक्त अवशेष नेपाली तथा विदेशी मुद्रा नै भएको पुष्टि गरेपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र विभागको संयुक्त टोलीले संकलन गरेको खरानीको परीक्षण गर्दा उक्त वस्तु जलेको पैसा नै भएको प्रमाणित भएको छ। विभागका अनुसार यो रिपोर्टले ‘मनी लन्ड्रिङ’ (सम्पत्ति शुद्धीकरण) को मुद्दा अगाडि बढाउन ठोस र बलियो आधार खडा गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले फरेन्सिक रिपोर्टलाई मुख्य आधार मानेर घटनाको कडा छानबिन गर्न निर्देशन दिनुभएको छ। विभागले उनीहरूले सत्ता र शक्तिको आडमा गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान केन्द्रित गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत