बुधबार, फाल्गुन ६, २०८२

४ महिनाको छोराको ह#त्या आरोपमा असई कार्की पक्राउ


गणेश विक


काठमाडौं । काठमाडौंको सिनामंगलमा एक प्रहरी असई पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्।

ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएको थियो ।

झगडालाई लिएर भएका तनावका क्रममा असईले घाँटी थिचेर छोराको हत्या गरेका हुन्।

दुवै पति–पत्नी प्रहरी हुन् र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छन्।

घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले नागढुंगाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए।

कार्कीलाई परिसरको हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत