बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • सामाजिक सञ्जाल टिप्पणीपछि डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरको कारबाही

सामाजिक सञ्जाल टिप्पणीपछि डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरको कारबाही


कान्तिपथ


नेपाल प्रहरीका डीआईजी जयराज सापकोटामाथि प्रहरी प्रधान कार्यालयले अनुशासनात्मक कारबाही गरेको छ। कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत सापकोटालाई ‘नसियत’ दिने निर्णय गरिएको प्रहरी हेडक्वार्टरका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

प्रहरी नियमावली–२०७१ विपरीत आचरण गरेको भन्दै मंसिर ११ गते हेडक्वार्टरले सापकोटासँग स्पष्टीकरण सोधेको थियो। कोशी प्रदेशमा डीआईजी सरुवासम्बन्धी निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका थिए।

गृहमन्त्री ओमप्रकाश अर्यालले कोशी प्रदेशको डीआईजीको जिम्मेवारी विनोद घिमिरेलाई दिने निर्णय गरेपछि सापकोटाले फेसबुकमा ‘हम कभी नहि सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ’ भन्ने अभिव्यक्ति दिएका थिए। आफूलाई कोशीको कमाण्डको अपेक्षा रहे पनि मन्त्रालयले अन्य अधिकारीलाई पठाएपछि उनले असन्तोष व्यक्त गरेको प्रहरी स्रोतको भनाइ छ।

प्रहरी प्रधान कार्यालयले उक्त अभिव्यक्तिलाई प्रहरी नियमावली–२०७१, प्रहरीको मिडिया सम्बन्धी नीति–२०६० तथा आचारसंहिता–२०७७ विपरीत ठहर गर्दै सापकोटालाई नसियत दिने निर्णय गरेको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत