बुधबार, फाल्गुन ६, २०८२

नेपाल प्रहरीका १६ जना डीएसपीको एसपी बढुवामा सिफारिस


कान्तिपथ


नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहअन्तर्गत प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस सूची सार्वजनिक गरेको छ।

गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले प्रहरी नियमावली, २०७१ अनुसार आवश्यक प्रक्रिया पूरा गरी बढुवा सिफारिस सूची प्रकाशित गरेको हो। समितिको निर्णयअनुसार कार्यसम्पादन, वरिष्ठता, सेवा अवधि तथा मूल्यांकनका आधारमा योग्य उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ।

सार्वजनिक गरिएको सूचिमा विभिन्न कार्यालय तथा इकाइमा कार्यरत प्रहरी अधिकृतहरूको नाम, दरबन्दी, कार्यरत स्थान र प्राप्त अंक उल्लेख गरिएको छ। बढुवा सिफारिसमा परेका प्रहरी अधिकृतहरूलाई आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित पदमा पदस्थापन गरिनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत