नेपाल टेलिकमले सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने विशेष सुविधा सञ्चालनमा रहेको जनाएको छ ।
यो सेवा अन्तर्गत ग्राहकले एकै पटक २ हजार, ५ हजार र १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सक्नेछन् ।
२ हजार एसएमएस: रु. १,२४३
५ हजार एसएमएस: रु. ३,१०८
१० हजार एसएमएस: रु. ६,२१५
यो सेवा प्रयोगका लागि मोबाइल, डेस्कटप वा ल्यापटपबाट टेलिकमको ग्रुप एसएमएस पोर्टल (groupsms.ntc.net.np) लगइन गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिने छ ।
सन्देश पठाउनुपर्ने नम्बरहरूको सूची एक्सेल सीट (Excel Sheet) मार्फत अपलोड गरी सहजै पठाउन सकिने प्रवक्ता रवीन्द्र मानन्धरले बताए ।
टेलिकमका अनुसार यो सेवाले सूचना, अफर, बधाई, सूचना प्रकाशन तथा आपतकालीन जानकारी छिटो र प्रभावकारी रूपमा धेरै व्यक्तिसम्म पुर्याउन सहयोग गर्नेछ । साथै, कागजी सूचना वितरणको सट्टा डिजिटल माध्यम प्रयोग गर्दा समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ