मङ्लबार, चैत्र २४, २०८२

पूर्व सांसद दीपक मनाङे कैद सजाय भुक्तानपछि रिहा


कान्तिपथ


काठमाडौं । गण्डकी प्रदेशका पूर्व सांसद राजीव गुरुङ (दीपक मनाङे) कैद सजाय भुक्तान गरेर बुधबार रिहा भएका छन्। ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो।

मनाङेलाई गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) माथि २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्ज मा खुकुरी प्रहार गरेको आरोपमा पाँच वर्ष कैद सजाय सुनाइएको थियो। बाँकी रहेको १ वर्ष ४ महिनाको कैद सजाय पूरा गरेपछि उनी रिहा भएका हुन्।

यसअघि उनले विभिन्न समयमा गरी दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए। उच्च अदालत पाटन ले पाँच वर्ष कैद सजायको फैसला सुनाएपछि उनले कारागार बाहिरै बसेर मुद्दा लड्ने सुविधा पाएका थिए।

पछि सर्वोच्च अदालत ले २०८१ कात्तिक २० गते उच्च अदालतको फैसला सदर गरेपछि उनलाई कात्तिक २७ गते पक्राउ गरिएको थियो। कैद सजायमा २० प्रतिशत छुट पाएका कारण बाँकी सजाय पूरा गरी उनी रिहा भएका हुन्।

घटनापछि चक्रे मिलनकी श्रीमतीले मनाङेको समूहले आक्रमण गर्दा आफ्ना पति मिलन गुरुङको बायाँ हात नै छिनालिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। यद्यपि मनाङेले घटनाका बेला आफू वीरगञ्ज मा रहेको र त्यहाँको अस्पतालमा उपचार गराइरहेको दाबी गर्दै चिकित्सकको बयान अदालतमा पेस गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत