बुधबार, चैत्र १८, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • अस्पतालबाट डिस्चार्ज भएपछि ओलीलाई हिरासतमै राखेर अनुसन्धान अघि बढ्छ: एसएसपी थापा

अस्पतालबाट डिस्चार्ज भएपछि ओलीलाई हिरासतमै राखेर अनुसन्धान अघि बढ्छ: एसएसपी थापा


कान्तिपथ


काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको घटनाको अनुसन्धानअन्तर्गत पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज भएपछि पुनः प्रहरी हिरासतमा राखिने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार अहिले अनुसन्धान कानुनअनुसार नै अघि बढिरहेको छ र अदालतबाट प्राप्त म्यादभित्रै आवश्यक प्रक्रिया पूरा गरिनेछ। स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका ओली चिकित्सकले डिस्चार्ज गरेलगत्तै प्रहरीको नियन्त्रणमा फर्किने उनले स्पष्ट पारे।

ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखक पनि हिरासतमा छन्। उनीमाथि पनि सोही प्रकरणमा अनुसन्धान भइरहेको छ। अदालतले दुवैलाई प्रारम्भिक रूपमा केही दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ।

प्रहरीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन, पीडितको बयान तथा उपलब्ध प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनासँग सम्बन्धित प्रमाण संकलन, प्रतिवेदन अध्ययन र बयान लिने प्रक्रिया क्रमशः अगाडि बढाइने छ।

एसएसपी थापाले अनुसन्धानका क्रममा कुनै पनि व्यक्तिको मानव अधिकारको सम्मान गरिने र भीआईपी वा सर्वसाधारणबीच फरक व्यवहार नगरिने पनि बताएका छन्। साथै, शान्तिपूर्ण विरोध गर्न पाइने अधिकार सुरक्षित रहे पनि हिंसात्मक गतिविधि र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्य कडाइका साथ नियन्त्रण गरिने उनको भनाइ छ।

प्रहरीले कानुनी व्यवस्था अनुसार अधिकतम २४ दिनभित्र अनुसन्धान प्रक्रिया पूरा गर्ने तयारी गरेको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत