शुक्रबार, चैत्र २०, २०८२

घुस लिँदै गर्दा धनुषामा सशस्त्र प्रहरी निरीक्षक पक्राउ


कान्तिपथ


धनुषाको लालगढबाट एक सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा निरीक्षक ओकिल अधिकारी रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले आज बिहान उनलाई नियन्त्रणमा लिएको हो। कमला–ढल्केवर–बाग्मती सडक खण्डमा माटो तथा ग्राभेल ढुवानी गर्ने सवारी साधनलाई अवरोध सिर्जना गरी घुस माग्ने गरेको उजुरीपछि उनीमाथि निगरानी गरिएको थियो।

उक्त निगरानीकै क्रममा अधिकारीलाई ४० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत