जिल्ला प्रशासन कार्यालय सल्यानको मुद्दा शाखामा कार्यरत सुब्बा निरज परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेवाग्राहीलाई दुःख दिएको, मुद्दा मिलाइदिने भन्दै आर्थिक बार्गेनिङ गरेको तथा नक्कली च्याट तयार गरेको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउपछि सल्यान जिल्ला अदालतले परियारलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जेनजी सल्यानका संयोजक युवराज खड्काले सामाजिक सञ्जालमार्फत आरोप सार्वजनिक गर्दै चैत २१ गते गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएका थिए।
उजुरीमा परियारले कार्यालयमै बसेर सेवाग्राहीसँग अनुचित व्यवहार गर्ने र आर्थिक चलखेलमा संलग्न हुने गरेको आरोप उल्लेख छ।
घटनाको गम्भीरता मध्यनजर गर्दै दुवै पक्षको विषयमा निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले जानकारी दिएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ