बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • सम्पत्ति आरोपबारे देउवाको प्रतिक्रिया—‘भ्रामक प्रचारबाट भ्रमित नहुनुहोस्’

सम्पत्ति आरोपबारे देउवाको प्रतिक्रिया—‘भ्रामक प्रचारबाट भ्रमित नहुनुहोस्’


कान्तिपथ


सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक वक्तव्य जारी गर्दै आफूमाथि लागेको सम्पत्ति सम्बन्धी आरोपहरू भ्रामक र असत्य भएको दाबी गरेका छन्।

देउवाले आफू र आफ्नो परिवारले सार्वजनिक पदमा रहँदा कानुनअनुसार सम्पत्तिको पूर्ण विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिसकेको उल्लेख गरेका छन्। आफ्नो जीवन पारदर्शी रहेको बताउँदै उनले समयक्रमसँगै वास्तविकता बाहिर आउने विश्वास व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्यमा उनले अतिरञ्जित विवरणका आधारमा भ्रमित नहुन सबैलाई आग्रह गरेका छन्। साथै, लोकतान्त्रिक शासन, विधिको शासन र पारदर्शिताका लागि आफूले जीवनभर संघर्ष गरेको उल्लेख गर्दै सुशासनका लागि विभिन्न कानुनी व्यवस्थाहरू लागू गराएको पनि स्मरण गरेका छन्।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले उपचार जारी रहेको जानकारी दिँदै सत्य तथ्य क्रमशः प्रस्ट हुँदै जाने बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत