काठमाडौँ — अमेरिकी प्रविधि व्यवसयी एलन मस्कको अन्तरिक्ष अन्वेषण गर्ने एक कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोक्किने भएको छ । मस्कको कम्पनीले स्पेस एक्सले बनाएको फाल्कोन-९ बुस्टर रकेट चन्द्रमामा ठोकिएर ध्वस्त हुन लागेको अनुसन्धानकर्ताहरूले बताएका हुन् ।
फाइल तस्बिर : स्पेस एक्स
सन् २०१५मा प्रक्षेपण गरिएको उक्त रकेटले आफ्नो मिसन पूरा गरे पनि इन्धन अभावमा पृथ्वीमा फर्कन पाएको थिएन । अन्तरिक्षमै अड्किएपछि उक्त रकेट ‘स्पेस डेब्रिस’ बनेको थियो ।
खगोलविद्हरुले यो घटनालाई पहिलो पटक अनियन्त्रित रकेट चन्द्रमामा ठोक्किएको रूपमा लिने अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् । चन्द्रमामा ठोक्किए पनि यसबाट खासै क्षति नहुने बताइएको छ ।
यो रकेटलाई सात वर्षअघि पृथ्वीको माथिल्लो कक्षबाट छाडिएको थियो । अन्तरिक्षको मौसम मापन गर्ने एउटा भू-उपग्रह छाड्नका लागि फाल्कोन-९ बुस्टर गएको थियो ।
इन्धन सकिएपछि उक्त रकेटलाई पृथ्वी,चन्द्रमा र सूर्यका गुरुत्वाकार्षण बलले आफूतिर खिच्ने गरेको थियो । यसरी रकेटको पथमा परिवर्तन आएको थियो । आफ्नो गति र दिशामा नहिँडेपछि उक्त रकेट ‘निष्क्रिय’ जस्तै भएको थियो ।
फाल्कोन-९को बारेमा पत्रकार इरिक बर्गरले एउटा स्पेस वेबसाइट र तथ्यांकशास्त्री बिल ग्रेले पत्ता लगाएका थिए ।
रकेट आगामी मार्च ४ तारिखमा चन्द्रमामा ठोकिन सक्ने अमेरिकास्थित हार्वड-स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापक एमसीडोवेलले बीबीसीलाई बताएका छन् ।
यो रकेट इन्जिनसहित धातुबाट निर्मिति चार टनको ठूलो ट्यांक आकारमा रहेको छ । रकेटले चन्द्रमामा सानो मानवनिर्मित खाल्डो(क्रेटर) बनाउने छ ।
सफ्टवेयरमार्फत ‘नियर अर्थ अब्जेट’ ट्रयाक गर्दै आएका बिल ग्रेले उक्त रकेट चन्द्रमा नजिक जनवरी ५ मा पुगेको बताएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ