आइतवार, माघ ६, २०८१

चिकित्सक भन्छन्- आमालाई कोरोना देखिँदैमा गर्भको बच्चालाई असर गर्दैन


कान्तिपथ


यो केबल डिजाईनको लागि मात्र हो – कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै संक्रमित हुनेको संख्या निरन्तर बढिरहेको छ । यसको जोखिममा गर्भवती महिला पनि उत्तिकै छन् ।

आमालाई कोरोना संक्रमण भएमा गर्भमा हुर्किरहेको शिशुलाई पनि असर पर्न सक्ने चिकित्सकहरु बताउँछन् । मोरङ सहकारी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ बालकृष्ण शाहका अनुसार महामारीको समयमा आवश्यक औषधि पनि सीमित हुन्छ ।

गर्भवती भएको बेला ज्वरो आएमा पारासिटामोल खान उनी सुझाव दिन्छन् । सामान्य व्यक्तिले ज्वरो आउँदा प्रयोग गर्ने फ्लेक्जन, बोफ्रिन जस्ता औषधि गर्भवती महिलाले प्रयोग गर्न नहुने शाह बताउँछन् ।

महामारीको बेला अस्पताल जाँदा त्यहींबाटै संक्रमण हुनसक्ने जोखिम हुने भएकाले अत्यावश्यक बाहेकमा अस्पताल नजान पनि उनी सुझाउँछन् ।

सामान्य व्यक्तिलाई भन्दा गर्भवती महिलामा स्वास्थ्यमा थप जटिलता आउन सक्छ । धेरै ज्वरो आएमा त्यसले कलेजोमा समेत असर पुर्‍याउन सक्ने डा. शाह बताउँछन् । कुनै पनि समस्या आएमा गर्भवती महिला ‘पर्ख र हेर’को अवस्थामा रहनुहुँदैन । ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने जस्ता समस्या देखिनासाथ चिकित्सकको परामर्श लिएर पारासिटामोल खान सकिने उनको सुझाव छ ।

कोरोना संक्रमणबाट जोगिन गर्भवती महिलाले पनि अरुले अपनाएजस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ । मास्क, स्यानिटाइजरको प्रयोग गर्ने, बारम्बार साबुनपानीले हात धुने, भीडभाडमा नजाने जस्ता सर्तकता अपनाएमा यसबाट बच्न सकिन्छ ।

गर्भवती भएको अवस्थामा मनमा अनेक कुरा खेल्न सक्छन् । अझ महामारीको समयमा त अरु बढी तर्कवितर्क उठ्ने गर्छन् । ‘यो समयमा गर्भवती महिलाले आफूलाई मानसिक र शारीरिक रुपमा आफूलाई स्वस्थ राख्नुपर्दछ,’ डा. शाह भन्छन्, ‘कोरोनाको संक्रमण अन्य मानिसलाई जस्तो हुन्छ गर्भवती महिलालाई पनि त्यस्तै हो । कोभिड भएमा अस्पतालले भर्ना लिँदैन कि भन्ने चिन्ता लिनुपर्दैन । अस्पताल बिरामीको सेवाका लागि खोलिएको हो । त्यसकारण स्वास्थ्यमा समस्या देखिनासाथ अस्पताल नै जानुपर्छ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत