कोभिड-१९को नयाँ भेरियन्टको संक्रमण बढेसँगै यसलाई नियन्त्रणका लागि काठमाडौं उपत्यकाको सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जोरबिजोर प्रणाली लागू भएसँगै यो प्रणालीको तीव्र आलोचना भइरहेको छ ।
जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणलाई समस्यामा पारेको र यसले थप संक्रमण फैलाउने जोखिम बढेको उनीहरुको अनुभव छ । दैनिक सार्वजनिक यातायातमा यात्रा गरेर कार्यलय आउजाउ गरिरहेकी कुपण्डोलकी कल्पना शाक्यले अहिले समयमा गाडी नपाउने र पाएको गाडीमा पनि भिडभाडबीच जानुपर्ने बाध्यता भएको सुनाउँछिन् ।
कुपन्डोलबाट तीनकुनेस्थित कार्यलय जानको लागि दैनिक भीडभाडबीच यात्रा गर्नु परेको उनको गुनासो छ । उनी भन्छिन् ‘जोरबिजोर प्रणाली भएपछि गाडी नै कम हुन्छ । पाएको गाडीमा पनि कोचाकोच मान्छे हुन्छ । भिड छ भनेर अर्को गाडी कुर्ने अवस्था नै हुँदैन । अनि झन कोरोना सर्ला भन्ने डर ।’
समस्या ट्वीट गरेकी छिन् । सुन्धाराबाट माछापोखरी जान गाडीमा चढेकी उनलाई यात्रु क्षमता बढी भयो भनेर जमलमा ट्राफिक प्रहरीले ओरालेपछि हिँड्दै गएर लैनचौरबाट गाडी चढेको उल्लेख गरेकी छिन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ