बुधबार, चैत्र २५, २०८२

आलेको छाडा अडियो पार्टीले छानबिन गर्ने


कान्तिपथ


काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री प्रेम आलेको अश्लील गालीले भरिएको अडियोको सत्यतथ्य जाँच गर्ने भएको छ । मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लील गाली गरेको अडियो मंगलबार बिहान सार्वजनिक भएको थियो । अडियोमा मन्त्री आलेले एक व्यक्तिलाई अश्लील गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएका थिए ।

‘जुन अडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’

पार्टी भित्र छलफल भइनसकेकोले अहिल्यै यही हुन्छ भनेर भन्न नसक्ने उनले बताए । अडियो–भिडियोको सत्यतथ्य बुझेपछि उनीमाथि कस्तो एक्सन लिने भन्ने पार्टीले निर्णय गर्ने उनले जनाए । आले एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री बनेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत