शुक्रबार, अशोज १२, २०८०
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • माओवादी केन्द्रका भ्रातृ संस्थाले एमसीसीविरुद्ध आज पनि प्रदर्शन गर्दै

माओवादी केन्द्रका भ्रातृ संस्थाले एमसीसीविरुद्ध आज पनि प्रदर्शन गर्दै


कान्तिपथ


प्रमुख सत्ता साझेदार माओवादी केन्द्रका भ्रातृ संगठनले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएको छ । शुक्रबार मध्यान्ह १२ बजे माओवादी केन्द्रका भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) र अनेरास्ववियू (क्रान्तिकारी)ले नयाँ बानेश्वरमा प्रदर्शन गर्ने लागेका हुन् ।

अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पन्चा सिंहले एमसिसीविरुद्ध आज १२ बजे नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि प्रदर्शन गरिने बताईन । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउन सत्ताको नेतृत्वकर्ता काँग्रेसले जोड गरिरहेका बेला माओवादी केन्द्रका भ्रातृ संस्था आन्दोलनमा उत्रिएका छन् ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गराउन नहुने अडान दिएको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी टेबल गरिए सरकार छोड्ने निर्णय गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत