नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित भएको हो । विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
‘२०७८ फागुन ८ र ९ गते हुने भनिएको पार्टी केन्द्रीय समितिको बैठक विशेष राजनीतिक परिस्थितिको कारणले फागुन २० गते बस्ने गरी स्थगित गरिएको छ’ मुख्यसचिव ढकालको भनाइ छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ