आजको संसद बैठकमा एमसीसी टेबुल हुने भएको छ । सत्ता गठबन्धनको जारी बैठकले एमसीसी टेबुल गर्नसम्म सहमति भएको बताइएको हाे । सत्ता गठबन्धनका एमसीसीको बिपक्षमा रहेका नेताहरु एमसीसी संसदमा टेबुल हुन दिने सम्मको लचक भएपछि प्रक्रिया अघि बढ्न लागेको हो ।
सत्ता गठबन्धनको बैठक लगत्ते प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने जनाइएको छ । उक्त बैठकले एमसीसीबारेको कार्यसूची तय गर्ने भएको हो । संसदमा एमसीसी टेबुल भएतापनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भने विपक्षमा मत हाल्ने जनाइएको छ ।
त्यस्तैगरी एमसीसीको बिपक्षमा रहेका लदहरुले तत्काल सरकार पनि नछाड्ने बताइएको छ । एमसीसी टेबल भएपछि प्रक्रिया पुरा गरेर भोटिङमा जान केही समय लाग्ने भएकाले त्यतिन्जेल सम्मका लागि भने माओवादी केन्द्रसहितका दलहरु सरकारमा रहने जनाइएको छ ।
एमसीसीको टेबुल भने अर्थमन्त्री जनार्दन शर्माले गर्ने छैनन् । अर्थमन्त्री जनार्दन शर्मा अस्वस्थ भएका कारण उनी संसदमा नआउने स्रोतले जनाएको छ । अर्थमनत्रीको साटो अर्का कुनै मन्त्रीले एमसीसी टेबुल गर्ने बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ