नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुगेको छ । सेनाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७८ असार मसान्तसम्म कोषको यथार्थ सम्पती रु ५९ अर्ब ९५ करोड ८९ लाख रहेको जानकारी दिएको हो ।
हाल कोषको नगद मौज्दात रु ५४ अर्ब १२ करोड ७५ लाख रुपैया रहेको छ भने कोष अन्तर्गतका निकायहरुमा ५ अर्ब ८३ करोड १४ लाख रुपैया लगानी भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा नेपाली सेनाले मातहतका निर्देशनालयबाट भएका कामका बारेमा जानकारी दिएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ