११ फागुन दक्षिण कोरियामा ५—११ बर्षसम्मका बालबालिकाहरुलाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ । देशको औषधी सुरक्षा सम्वन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ ।
कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तिव्र रुपमा फैलिएपछि बालबालिकालाई सुरक्षित राख्नका लागि खोप लगाउने निर्णय गरिएको हो । १२ बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि नै खोप लगाउन अनुमति दिइएको थियो । तीन हप्ताको अन्तरमा बालबालिकाहरुलाई दुई खोप दिइने भएको छ । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ४५२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।