मङ्लबार, माघ ८, २०८१

संसद्‍मा एमसीसी : नयाँ बानेश्वरमा सुरक्षाकर्मीको भिड


कान्तिपथ



काठमाडौं । गत आइतबार सत्ता साझेदार दलकै विरोधका बिच संसदमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पेस भयो । एमसीसी सम्झौता टेबल हुँदा संसद भवन बाहिरको सडक भने अशान्त बन्यो । गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले एमसीसी टेबल गरेको विरोध गर्दै सडकमा प्रर्दशन गरे । दिनभरजसो वानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास, पानीको फोहोरा हान्नुका साथै रबरको गोलीसमेत चलायो ।

गत आइतबार संसदमा टेबल भएको एमसीसीबारे आज छलफल हुँदैछ । सत्ता गठबन्धन दलमध्ये कांग्रेस स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा देखिएको छ । तर, गठबन्धनमै रहेका माओवादी र एकीकृत समाजवादी भने एमसीसीको विपक्षमा उभिएका छन् । उनीहरुले आफ्ना भातृ संगठनहरुलाई सडकमा उताँर्दै आएका छन् । आज पनि माओवादी र एकीकृत समाजवादीले एमसीसीविरुद्ध विरोध गरिरहेका छन् ।आज पनि सो प्रकृतिको प्रदर्शन र झडप हुने आशंका गरी नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । त्यस क्षेत्रको सुरक्षा व्यवस्था यतिबेला कडा पारिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत