प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचर्ड वार्डलाओ ओबीईबीच भेटवार्ता भएको छ । लेफ्टिनेन्ट जनरल रिचर्डले आज प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा गएर भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्त नारायणबीच पनि भेटवार्ता भएको छ । जनरल पीएन अनन्त नारायणले आज प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा गएर भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।