नेपाल प्रहरीको नयाँ तीन पदमा बढुवाका लागि तयारी थालिएको छ । प्रहरीमा हालै थपिएको वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पदमा बढुवा गर्न लागिएको हो ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार २०६६ देखि २०७१ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक पदमा बढुवा भई कार्यालय/मातहतमा कार्यरत रहेका प्रहरी नायब निरीक्षकहरुको वरिष्ठ नायब निरीक्षकमा बढुवा हुन लागेको हो ।
२०७१ देखि २०७४ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी हवल्दार पदमा बढुवा भई कार्यालय/मातहतमा कार्यरत रहेका प्रहरी हवल्दारहरुको वरिष्ठ हवल्दार र २०६४ देखि १५ असोज २०७० सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नियुक्ति भई कार्यालय/मातहतमा कार्यरत रहेका प्रहरी जवानहरुको सहायक हवल्दारमा बढुवा हुने भएको छ ।
विभागले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २९ बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन नपाउने अवस्थामा रहेको भए सोको विवरण सहित खुलाई पठाउन मातहतको शाखामा पठाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ