बिहिबार, चैत्र ६, २०८१

ब्लड क्यान्सरपीडितलाई सहयोग


कान्तिपथ



लामो समयदेखि ब्लड क्यान्सरपीडित २९ वर्षीय विकास घिमिरेको उपचारका लागि न्यू इरा बोडिङ स्कुलले आर्थिक सहयोग गरेको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको उक्त स्कुलले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट आर्थिक रकम सङ्कलन गरी रु ४३ हजार ५०० घिमिरेको उपचारका लागि आइतबार साँझ आर्थिक सहयोग गरेको हो । एक कार्यक्रमबीच उक्त रकम घिमिरेका बहिनी शर्मिला न्यौपानेलाई सो स्कूलका सञ्चालक किरण श्रेष्ठले हस्तान्तरण गर्नुभयो । विद्यालयका सञ्चालक श्रेष्ठले भन्नुभयो, “हाम्रा विद्यार्थीबाट रु पाँच हजार र अन्य बाँकी रकम शिक्षक, शिक्षिका, कर्मचारी र सञ्चालकबाट आर्थिक सङ्कलन गरेर घिमिरेको उपचारमा केही सहयोग पुग्ने अपेक्षाले सहयोग गरेका छौँ ।”

पीडितकी बहिनी न्यौपानेले सहयोग गरेर दाईको उपचारमा सहयोग पु¥याएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । करिब ११ महिनाअघि बोनम्यारो प्रत्यारोपण गरिएकामा अहिले पुनःस्वास्थ्यमा समस्या आएकाले हाल सोही अस्पतालमा उपचार भइरहेको उहाँकी बहिनीले बताउनुभयो । हालसम्म रु ९६ लाख खर्च भइसकेको र अझै सोही हाराहारीमा रकम आवश्यकपर्ने अस्पतालले जानकारी दिएकाले आर्थिक अभाव भइरहेको परिवारको भनाइ छ । परिवार, आफन्त, विभिन्न व्यक्तिले गरेको सहयोगबाट उपचार गरे पनि फेरि उस्तै समस्या भएकाले सहयोग गरिदिनका लागि परिवारले अपिल गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत