सोमवार, जेष्ठ २, २०७९

बार्सिलोनाको सानदार जित


कान्तिपथ


काठमाडौं । पिइरे–इमिरिक औबमेयाङले लगातार तेस्रो खेलमा गोल गरेको दिन बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि ४–० को सहज विजय हासिल गरेको छ । 

आर्सनलका पूर्वफरवार्ड औबमेयाङले ३७औँ मिनेटमा गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । जेरार्ड पिकेको हेडिङ प्रहार बारमा लागेर फर्किएको बललाई औबमेयाङले पोस्टको दिशा दिएका थिए । 

दोस्रो गोलका लागि बार्सिलोनाले ७३औँ मिनेटसम्म कुर्नुपरेको थियो । वैकल्पिक खेलाडी औसमाने डेम्बेलेले बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । फ्रांक डी जोङले ९०औँ मिनेटमा तेस्रो गोल थपे । इन्ज्युरी समयमा मेम्फिस डिपाएले अर्को गोल थपेपछि बार्सिलोना ४–० ले विजयी भयो ।

जितसँगै बार्सिलोनाले २५ खेलबाट ४५ अंक जोडेको छ । त्यो तेस्रो स्थानको रियाल बेटिसभन्दा एक अंकले पछाडि हो भने शीर्ष क्लब रियाल मड्रिडभन्दा १५ अंकले पछाडि हो । बार्सिलोनाले अझ एक खेल कम खेलेको छ । पराजित एथ्लेटिक बिल्बाओ ३७ अंकसहित आठौँ स्थानमा छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत