मङ्लबार, माघ ८, २०८१

सेनापति दिवसमा को-को भए पुरस्कृत र बढुवा


कान्तिपथ


नेपाली सेना दिवसको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सेनाका विभिन्न अधिकारीलाई दर्ज्यानी चिह्न, प्रशंसा पत्र, पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सिपाही वार्षिक–२०७८’ तथा ‘ग्लोरियस पास्ट अफ नेपाल’ नामक पुस्तकको विमोचन गरेकी थिइन् । उनले फ्रि–फल जम्पमा प्रथम र द्वितीय हुने सैनिकहरुलाई पुरस्कार समेत वितरण गरिन् ।

सो अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र गैह्र सैनिक ४३ जना गरी जम्मा ७१५ जनाले प्रधान सेनापति प्रशंसा निशान प्राप्त गरेका थिए ।

मानार्थ उप सेनानी पदमा पदोन्नति भएका ७३ जना पदिकहरुलाई दर्ज्यानी चिह्न, प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गणतर्फ प्रथम र द्वितीय भएका क्रमशः श्री शम्शेरदल गण र श्री खड्गदल गण तथा गुल्मतर्फ श्री रणशुर गुल्म र श्री शत्रुमर्दन गुल्मलाई प्रकृति संरक्षण ट्रफी प्रदान गरिएको थियो ।

प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान–२०७८, प्रधान सेनापति उत्कृष्ट उद्यमी सम्मान–२०७८, प्रधान सेनापति उत्कृष्ट समाजसेवा सम्मान–२०७८, प्रधान सेनापति सफल लघुवित्त उद्यमी सम्मान– २०७८ प्रदान गरिएको थियो । प्रधान सेनापति महारथी प्रभुराम शर्माले दर्ज्यानी चिह्न, ट्रफी तथा पुरस्कारहरु वितरण गरेका थिए ।

प्रधानसेनापति ब्यानर प्रतियोगिता–२०७७ मा प्रथम, द्वितीय र तृतीय हुने गणहरु तथा विभिन्न विधामा प्रथम हुने गणहरुलाई पुरस्कार, केन्द्रयी सैनिक ड्रिल प्रतियोगितामा प्रथम हुने कमाण्ड हेडक्वार्टरलाई पुरस्कार वितरण गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत