आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • महिला प्रहरी जवानको भित्रि वस्त्रमा हात पुर्याउने इन्स्पेक्टर विरुद्ध उजुरी

महिला प्रहरी जवानको भित्रि वस्त्रमा हात पुर्याउने इन्स्पेक्टर विरुद्ध उजुरी


कान्तिपथ


जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई आफ्नै इन्चार्ज प्रहरी निरीक्षकले यौन दुर्व्यवहार गरेको खुलेको छ । इप्रका महेन्द्र नगरका इन्चार्ज इन्स्पेक्टर बेचन यादवले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन भएको बताइएको छ ।

यादवले सार्वजनिक स्थलमै यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिला प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी थिइन् । जानकी मेडिकल कलेजमा सञ्चालन भइरहेको परीक्षाको सुरक्षार्थ खटिएका महिला प्रहरीलाई भीडभाडमै बर्दी तानेर भित्री लुगामा हात लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।

ड्युटीको क्रममा पटक पटक गलत नियतले शरीरका अंगहरूमा हात लगाउने तथा अपमानजनक व्यवहार गर्ने गरेका प्रहरी निरीक्षक यादवले परीक्षा केन्द्रमा खटिएको बेला बर्दी तानेर भित्री वस्त्रमा हात लगाएको पीडित महिला प्रहरीले उजुरीमा उल्लेख गरेकी छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत