मङ्लबार, जेष्ठ ६, २०८२

प्रहरी पानी चुहिने भवनमा बस्न बाध्य


कान्तिपथ


प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्ने बताएका छन. । जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहारा दिइरहने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे ।

सोमबार संखुवासभाको धर्मदेवी नगरपालिका–७ स्थित आँखीभुइँमा नवनिर्मित इलाका प्रहरी कार्यालयको भवन उद्घाटन कार्यक्रममा कानुनमन्त्री कार्कीले प्रहरीलाई सुख, दुःखमा सधैँ साथ दिन जनतालाई अनुरोध गरे । नयाँ भौतिक संरचना तयार भएसँगै अब शान्ति सुरक्षा दिलाउन प्रहरीलाई सहज हुने र यसमा नागरिकको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुने कानुनमन्त्री कार्कीले बताए ।

इलाका प्रहरी कार्यालय भवन प्रदेश सरकारको दुई करोड ९४ लाख ९४ हजार ६९९ लागतमा निर्माण भएको हो । २०७६ माघमा सम्झौता भएको इलाका प्रहरी कार्यालय भवन समयावधिभन्दा तीन महिनाअघि नै सम्पन्न गरेर हस्तान्तरण गरिएको एसएस विनायक जेभी निर्माण कम्पनीका निर्देशक लाखबहादुर पौडेलले बताए ।

अपराध नियन्त्रण गर्ने प्रहरी मात्र होइन, आम नागरिक स्थानीयवासीको सहयोग आवश्यक पर्ने उनको भनाइ थियो । उनले प्रहरी संरचना सङ्घीय सरकारको मातहत रहे पनि प्रदेश सरकार प्रहरी संरचना बलियो बनाउन लागि परिरहेको उल्लेख गरे



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत