मङ्लबार, बैशाख ९, २०८२

नेपालमा पहिलोपटक छाती नचिरी मुटुको अपरेसन सम्पन्न


कान्तिपथ


नेपालमा पहिलोपटक छाती नचिरी मुटुको शल्यक्रिया गरिएको छ।

काठमाडौंको बाँसबारीस्थित ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ले देशमै पहिलोपटक छाती नचिरी मुटुको अपरेसन गरेको हो। चिकित्सकका अनुसार ट्रान्सक्याथेटर अर्डिक पद्धतिमार्फत मुटुको शल्यक्रिया गरिएको हो, जसमा छाती चिरिरहनु पर्दैन।

उक्त विधिबाट यही फागुन १६ गते ८० वर्षीया महिलाको मुटुको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

चिकित्सकका अनुसार यस पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट विशेष किसिमकाे तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मीत भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ।

प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने भएकाले बिरामी चाँडै तंग्रिने चिकित्सकले बताएका छन्। अपरेसन गर्न नपर्ने भएकाले बिरामीलाई चाँडै डिस्चार्ज पनि गर्न सकिन्छ।

सन् २००२ देखि यो उपचार पद्धतिको अध्ययन गरिएको र हाल ८० वर्षभन्दा कम उमेरमा यो उपचार विधि प्रयोग नगरिने अस्पतालका चिकित्सकले बताएका छन्। यस उपचार पद्धतिको थप अध्ययन जारी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत