बुधबार, फाल्गुन ६, २०८२

ला लिगामा रियल मड्रिडले लियो ८ अंकको अग्रता


कान्तिपथ


स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा बलियो देखिएको रियल मड्रिडले ८ अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले रियल सोसिडाडलाई ४–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि कामाविन्गा, लुका मोड्रिक, करिम बेन्जिमा र एसेन्सिओले गोल गरेका हुन् । रियल सोसिडाडलाई ओयार्जाबालले एक गोल फर्काए । जितपछि शीर्ष स्थानको रियल मड्रिडको २७ खेलबाट ६३ अंक भएको छ । उ दोस्रो स्थानको सेभिल्ला भन्दा ८ अंकले अघि रहेको छ । सेभिल्लाको २७ खेलबाट ५५ अंक छ ।

शनिबार राति भएका अरु खेलमा भ्यालेन्सियाले ग्रानाडालाई ३–१, स्पानियोलले गेटाफेलाई २–० तथा ओसासुनाले भिल्लारियललाई १–० ले पराजित गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत