शुक्रबार, बैशाख ६, २०८२
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • २ इन्स्पेक्टरलाई गृहले सोध्यो स्पष्टिकरण: ७ दिनमा जवाफ नदिए जागिरबाट हटाईने !

२ इन्स्पेक्टरलाई गृहले सोध्यो स्पष्टिकरण: ७ दिनमा जवाफ नदिए जागिरबाट हटाईने !


कान्तिपथ


गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको प्रहरी निकट स्रोतले जानकारी दियो ।

नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत नुवाकोटका डा. विशालजंग ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका कार्तिकेश झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् । उनलाई पनि सात दिनभित्र स्पष्टीकरण सोधिएको छ । अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गृहसचिवस्तरीय निर्णय भएको मन्त्रालय निकट स्रोतले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत