सोमवार, बैशाख ९, २०८२

चरिकोट अस्पतालको बोर्ड फेरियो: अब पशुपति चौलागाईं स्मृति अस्पताल !


कान्तिपथ


प्रस्तावित चरीकोट अस्पताल पशुपति चौलागाईं स्मृति अस्पतालमा रुपान्तरण गरिएको छ । वाग्मती प्रदेश सरकारले वाग्मती प्रदेशसभा सदस्य स्व. नेता चौलागाईंको सम्झनास्वरुप सो अस्पताललाई ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’का नाममा नामकरण गरेको हो । असार १ गते बसेको वाग्मती प्रदेशसभाको बैठकले अस्पतालको नाम रुपान्तरण गर्ने निर्णय गरेको वाग्मती प्रदेश सदस्य, वन तथा वातावरण मन्त्री विशाल खड्काले जानकारी दिए ।

स्व नेता चौलागाईँको स्मृतिमा नामकरण गरिएको अस्पताल दोलखाको भीमेश्वर नगरपालिका–४ चरीकोटबाट सञ्चालन हुँदै आएको चरीकोट प्राथमिक स्वास्थ केन्द्र हो । विसं २०७२ को भूकम्पपश्चात् स्वास्थ्यको क्षेत्रमा काम गर्ने न्याय हेल्थ नामक संस्थाले दक्ष चिकित्सकसहितको व्यवस्थापनमा सञ्चालन गर्दै आएपछि प्रदेशस्तरीय अस्पताल बनाउनका लागि स्थानीय तहले चरीकोट अस्पतालका नाममा प्रस्ताव गरेको थियो ।

अस्पतालले दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको दरबन्दीमा प्रसूति सेवा, ओपिडी सेवा, शल्यक्रियासहित एचडियुसहितको सेवा प्रदान गर्दै आएको छ । प्रदेश सरकारको उक्त निर्णय आज कार्यन्वयन भएर अस्पतालको बोर्ड फेरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत