नेपाली गायक प्रकाश सपुतले ल्यायको नयाँ गीत ‘पीर’ सार्वजनिक भए लगत्तै विवादमा आएको छ । रिलिज भएको २४ घण्टा पनि नबित्दै सो गित विवादमा परेको छ भने उत्तिकै विवादमा परेको हो ।
जनयुद्धको कथामा आधिारित रहेको र सहभागी जनमुक्ति सेनाको दुःख समेटेर बनाइएका १६ मिनेट २५ सेकेण्डको गीत यतिबेला युट्युबको ट्रेन्डिङमा परेपनि विाद चुलिएको छ । गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट चर्को आलोचना भइरहेको छ ।
माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछिको स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको निमार्ण पक्षको रहेको छ । एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुको एक जोडी देशमा काम गर्न नसकेर विदेशिएर विदेशमा बन्धक बनेको कथामा आधारित भिडियोमा सपुतसँगै नायिका सुरक्षा पन्तको पनि अभिनय छ ।
‘पीर’ गीतको रुपमा भन्दा पनि विज्ञापनका लागि बनाईएको जस्तो देखिन्छ। गीतमा विज्ञापनलाई बढी प्रश्रय दिईएको छ। सपुतको गित बनाउन विज्ञापन दिएर प्रभु बैंक, प्रभु मनि ट्रान्सफर, शिवम सिमेन्ट लगायतले लगानी गरिदिएका छन् । शिवम् सिमेन्ट र प्रभु वैंकले माओवादीले ‘महान’ भन्ने गरेको जनयुद्धको धज्जी उडाउन प्रायोजन गर्नु आश्चर्य जनक रहेको माओवादी केन्द्रका एक नेताले वताए । मकवानपुरको हटियामा उद्योग संचालनमा रहेको शिवम सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयल हुन् । मेकानिकल इञ्जिनियरिङ्गमा बीएस्सी गरेका गोयल २७ वर्षदेखि यो उद्योगमा छन् ।
गितलाई प्रयोजन गर्ने अर्को संस्था प्रभु बैंक हो, बैंकमा अध्यक्ष हुन् लिला प्रकाश सिटौला। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका उनको नेपालको बैंकिङ्ग क्षेत्रमा लामो अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास सिटौलाले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पनि काम गरिसकेका छन् । उनले पूर्वाञ्चल ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा समेत काम गरिसकेका छन् । प्रभु मनि ट्रान्सफर प्रभु म्यानेजमेन्टको एक हिस्सा हो जसको अध्यक्ष कुसुम लामा रहेकी छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ