बिहिबार, साउन ३, २०८१

उद्योग वाणिज्य सङ्घ चितवनमा नयाँ नेतृत्व


कान्तिपथ


उद्योग वाणिज्य सङ्घ चितवनमा नयाँ नेतृत्वले पूर्णता पाएको छ । सोमबार भएको निर्वाचनबाट समितिले पूर्णता पाएको हो । २५ सदस्यीय कार्यसमितिमा १३ जना सर्वसम्मत भएका थिए भने १२ जना मतदानबाट निर्वाचित हुनुभएको हो । समितिको अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन श्रेष्ठ र उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । कर्पोरेट उपाध्यक्षमा शिरिष पन्त विजयी हुनुभएको छ । उहाँले शङ्कर नेपाललाई ४४ मतान्तरले जित्नुभएको हो । कपोर्रेट उपाध्यक्षमा राजेन्द्र ओली विजयी हुनुभएको छ । उहाँले भोजराज कौडाललाई ८९ मतान्तरले जित्नुभएको छ । यस्तै वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रवीन्द्रकुमार श्रेष्ठ, सन्तोषजनक भुषाल विजयी हुनुभएको छ । यस्तै वाणिज्यतर्फका छ सदस्यमा थीरप्रसाद धिताल, दीपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ । फागुन २५ गते भएको मनोनयनमा आवश्यक सङ्ख्यामा मात्रै उम्मेदवारी परेपछि सङ्घको कार्यसमिति महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीयतर्फ रेशमलाल आचार्य, वस्तुगततर्फ डा जीवनकुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित हुनुभएको छ । उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लीलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया निर्विरोध निर्वाचित भइसक्नुभएको छ । सङ्घमा तीन हजार ४३७ मत रहेकामा दुई हजार २०१ जनाले मतदान गरेका थिए । सङ्घका कार्यकारी निर्देशक नीलबहादुर केसीका अनुसार नवनिर्वाचित कार्यसमितिलाई बुधबार पद हस्तान्तरण कार्यक्रम रहेको छ



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत