बिहिबार, फाल्गुन १०, २०८०

सिंह, धानुक र पन्त एआईजी बढुवा सिफारिस


कान्तिपथ


नेपाल प्रहरीमा तीन जना एआईजी सिफारिस भएका छन्। मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वशन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थपको निर्णय गरेको थियो। गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको बढुवा समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव छन्।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच घनश्याम अर्याललाई एआईजी बनाउने सहमती भएपनि अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टि जनाएपछि पूर्व सहमती अनुसार उनको तर्फबाट धानुकलाई बढुवा सिफारिस गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत