सोमवार, माघ २८, २०८१

एआईजी दरबन्दी थपको कथा !

प्रहरीमा एआईजीको दरबन्दी पूर्ति: पन्तको फुली डेढ महिना मै फुक्लिने !

आईजीपी कै असन्तुष्टी !


कान्तिपथ


राेशन रिमाल, काठमाडाैं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री असन्तुष्ट भएका छन्। गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकमा डिआइजीबाट एआइजीमा बढुवा सिफरिस गर्दा मन्त्रालयको मनोमानी भएपछि आइजिपी क्षेत्रीले त्यसप्रति असहमति प्रकट गरेका हुन्।

दरबन्दी थपिएको तीन सातापछि एआइजीमा बढुवा सिफारिस भएको छ। सिफारिसप्रति असहमति जनाउँदै आइजिपी क्षेत्री खाली कागजमा सही गरेर बैठक कक्षबाट बाहिरिएका थिए। गत फागुन १२ मा सरकारले एआइजिपीका तीन दरबन्दी थप्ने निर्णय गरेको थियो।

आईजीपी क्षेत्रीले डिआइजीहरू ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह र उत्तम सुवेदीलाई बढुवा सिफारिस गर्न चाहेको थियो। तर बैठकमा बढुवा समितिका अध्यक्ष एवं गृहसचिव टेकनारायण पाण्डेले वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुकको नाम प्रस्ताव गरेका थिए। कार्की र सुवेदीको नाम नपरेपछि आईजीपी क्षेत्रीले असन्तुष्टी ब्यक्त गरेको प्रहरी निकट स्रोतले बतायो । धिरजप्रताप सिंह भने दुवै तर्फको सुचीमा अटाएका थिए ।

अहिले एआइजीमा बढुवा भए नयाँ आइजिपीको प्रतिस्पर्धामा सहभागी हुन सिंह र धानुकलाई बाटो खुल्नेछ। विश्वराज पोखरेल र सहकुल थापा यसअघि नै एआइजी भएका छन्। आगामी वैशाख १९ गते आइजिपी क्षेत्रीले अनिवार्य अवकाशमा पाउनेछन्। पोखरेल, थापा, सिंह र धानुक २०४९ चैतमा एकैपटक सेवामा प्रवेश गरेका थिए।

एआईजीको दरबन्दी थप नै भावी आईजीपी बनाउनका लागि गरिएको प्रहरीभित्रैका कतिपयको बुझाइ छ। विश्वराज पोख्रेल र सहकुल थापालाई अघिल्लो सरकारले एआईजी बनाएकाले उनीहरुलाई आईजीपी नबनाएर सिंहलाई आईजीपी बनाउन सक्ने आकलन समेत गरिएको छ।

हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआइजी छन्। बढुवा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी वसन्तकुमार पन्तलाई पहिलो नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ। दोश्रो र तेश्रो नम्बरमा क्रमशः केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत धिरजप्रताप सिंह र कार्य निर्देशनालयमा कार्यरत रवीन्द्रबहादुर धानुक सिफारिस भएका छन्। पन्तलाई देउवा र धानुकलाई अर्थमन्त्रीको कोटाबाट एआईजी बनाइएको हो।

पन्त डडेलधुराकै भएकाले देउवाको राजाइमा परेका हुन्। जिल्लाका नेताको मन राख्न पन्तलाई डेढ महिने एआईजी बनाउन तयार भए। डडेलधुराकै गणेशबहादुर ऐरको पनि चर्चा थियो। तर उनी देउवाको रोजाइमा परेनन्। पन्त आगामी वैशाख १९ गते अनिवार्य अवकाशमा जाँदैछन्।

अवकाशको सम्मुखमा रहेका पन्तले जिल्लाको प्रधानमन्त्री भएको फाइदामा एआईजी पद उपहार पाए। २०४९ वैशाख १९ गते भर्ना हुँदा पन्त १४ औँ नम्बरमा थिए। डीएसपीमा बढुवा हुँदा ब्याचका सबै डीआईजी भन्दा अन्तिममा १५ औँ स्थानमा बढुवा भएका थिए। २०५८ सालमा डीएसपी भएका पन्त २०६७ सालमा एसपी हुँदा पनि १३ औँ स्थानमा मात्रै परे।

२०७६ चैतमा डीआईजीमा बढुवा हुँदा पनि घनश्याम अर्याल र प्रकाशजंग कार्कीभन्दा पछि नै रहेका पन्तले एआईजीमा भने देउवाको आशीर्वाद पाए। यो ब्याचबाट शैलेश थापा क्षेत्री आईजीपी छन् भने हरि पाल, निरज शाही र प्रद्युम्न कार्की एआईजी छन्। अन्य डीआईजीमै अवकाश हुँदा पन्तले भने डेढ महिना भएपनि एआईजीको फुली लाउने भएका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत