बिहिबार, बैशाख ११, २०८२

होलीलाई मर्यादित बनाउन महानगरीय प्रहरीको योजना के छ ?


कान्तिपथ


भोलि परेको फागु अर्थात होली पर्वलाई लक्षित गरेर काठमाडौं उपत्यकामा ३५ सय भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। होलीलाई व्यवस्थित र सुरक्षित बनाउन काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

वसन्तपुर दरबार, ठमेल, दरबारमार्ग, बालाजु, पाटन दरबार तथा भक्तपुर दरबार क्षेत्र, जावलाखेल र सानेपालगायतका क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिने छ। ४५ वटा मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, करिब १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन गरिने छ।

होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन विशेष सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जानकारी दिए।

जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, झैझगडा गर्ने र दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ। त्यसका लागि उपत्यकामा ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत