एसएसपी गोविन्द साह भने प्रहरीबाट राजीनामा दिएर गाउँ फर्किएका छन्। एसएसपीबाट राजीनामा दिएका साहले पनि मेयर बन्नकै लागि राजीनामा दिएको बताएका छन्। एसएसपी गोविन्द साहका ब्याचीमध्ये एकजना आगामी वैशाख १९ गतेपछि प्रहरी महानिरीक्षक बन्दैछन्।
धनुषाको विदेह नगरपालिकाबाट आगामी निर्वाचनमा मेयरमा उम्मेदवारी दिने साहले बताए। यसअघि त्यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए। तर उनी नेकपा विभाजनपछि एमालेतिर गएका छन्। राजीनामा दिने बेलामा साह संघीय प्रहरी इकाइ धरानका इन्चार्ज थिए।
साहले नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनका बुवा सीताराम साह नेपाली कांग्रेस धनुषाका पूर्व उपसभापति पनि हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ