शुक्रबार, चैत्र २७, २०८२

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै


कान्तिपथ


बुधबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) पनि बस्दै छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकको दोस्रो दिन यसअघि प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ।

बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पेस गरेका थिए। बैठकको पहिलो दिन नै प्रदेशका अध्यक्षहरूले समेत रिपोर्टिङ प्रस्तुत गरेका थिए।

आजको बैठकमा सो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले लिखित सुझाव र राय प्रस्तुत गर्ने अजेन्डा रहेको छ। बैठकका प्रस्तुत ११ अजेन्डा मध्ये आज बाँकी ९ वटा अजेन्डामा छलफल गर्दै निष्कर्षमा पुग्ने तयारी रहेको एक नेताले बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत